“सहयोग, सामाजिक न्याय र सद्दभाव ”

चिसापानी जनकल्याण समाजको १३ औ रक्तदान कार्यक्रम सम्पन्न

13th Blood Donation Program of Chisapani Public Welfare Society.
यहि मिति २०६८ साल पौष २३ तदनुसार २०१२ जनावरी ७ शनिवारका दिन चिसापानी जनकल्याण समाजले रक्तसंचार केन्द्र, प्रर्दशनिमार्गका आयोजना गरेको १३ औं रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । चिसापानी जनकल्याण समाजले विगतका वर्षहरुमा प्रत्येक वर्ष बर्षको एक पटक रक्तदान कार्यक्रम आयोजना गर्दैआएको छ तर यस बर्ष पछिल्ला बर्षभन्दा बढिनै सहभागीभएको जनाएको छ । चिसापानी जनकल्याण समाजका एक सदस्य श्री बिक्रम कुमार श्रेष्ठले आफ्नो जीवनभरमा ४० औं पटक उक्त कार्यक्रममा रक्तदान गर्नुभएको थियो । ब्लड डोनर्स एसोसियसनका सिल्भर पिन होल्डर उहाँलाई उक्त रक्तदान कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्थाले आमन्त्रण गरेको थियो । रक्तदान गर्न पाल्नुभएका कति साथीहरुले रक्तचाप तथा तौल नमिलेको कारण रगत दान गर्न पउनुभएन ।
विहानको ९.३० देखि सुरु भएको थियो । उक्त रक्तदान कार्यक्रममा जम्मा ५९ (उनान्सिाठ्ठी जनाले रगत दिनुभएको थियो यो हाल सम्मकै संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा उच्च संख्या हो । उक्त कार्यक्रममा रगत दान दिने सहभागीहरुलाई संस्थाले धन्यवाद प्रमाण पत्र प्रमुख अतिथि श्री बिक्रम कुमार श्रेष्ठद्धारा प्रदान गरिएको थियो । समाजले आयोजना गरेको रक्तदान कार्यक्रमको लागि स्काई सुज इन्डस्ट्रिजबाट आर्थिक सहयोग प्राप्त भएको थियो भने स्काई सुज ईन्डस्ट्रिका अध्यक्ष श्री मनोज कुमार श्रेष्ठले पनि रक्तदान गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्री बैकुष्ठ कुमार श्रेष्ठले रक्तदान गर्नुहुने सम्पूर्ण साथीहरुलाई, कार्यक्रम ब्यवस्थापन गर्नुहुने साथीहरु तथा कार्यक्रम सहयोगी स्काईसूज ईन्ठस्ट्रिजका संस्थापक अध्यक्ष मनोज कुमार श्रेष्ठलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । यसरि रक्तदान कार्यक्रम दिउँसोको १ बजे समाप्त भएको थियो

This slideshow requires JavaScript.

Some Photos:

चिसापानी जनकल्याण समाजको रक्तदान सम्बन्धी सूचना (२०६८ पौष २३ गते शनिवार)

Blood Donation Campaign of Chisapani Public Welfare Society

रक्तदान सम्बन्धी सूचना (२०६८ पौष २३ गते शनिवार)

चिसापानी जनकल्याण समाजले यहि मिति ः २०६८ पौष २३ गते शनिबारका दिन केन्दीय रक्तसंचार कार्यलयमा विहानको ९ बजेदेखी १२ बजेसम्म रक्तदान कार्यक्रम आयोजना गरेको हुँदा तपाईलाई पनि आफ्नो अमुल्य रगत दान गर्नको लागि हार्दिक अनुरोध गर्दछौं ।

कृपया यो खवर आफ्ना सम्पूर्ण साथीहरु मा पनि प्रसार प्रसार गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

मिति ः २०६८ पौष २३ गते शनिवार

स्थान ः केन्दीय रक्तसंचार केन्द्र, प्रदर्शनिमार्ग

समय ः बिहान ९ बजे देखि १२ बजेसम्म

चिसापानी जनकल्याण समाज

(रामेछाप) काठमाडौं ।

नेपाल

स्थानिय परम्परागत सांस्कृतिक कार्यक्रम २०६८

स्थानिय परम्परागत सांस्कृतिक कार्यक्रम 2068

विजयादशमी तथा शुभ दिपावली २०६८ को पावन उपलक्षमा चिसापानी जनकल्याण समाजले विगत वर्षहरुमाझैं यस वर्ष पनि चिसापानी गा.वि.स.मा परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले २०६८ साल असोज १८ गते महानवमीका दिन स्थानिय ठूलो चौरमा दिउँसो ११.३० बजे देखि विजयादशमी तथा शुभ दिपावली २०६८को हार्दिक मंगलमय शुभकामना सहित “कला र संस्कृतिको संरक्षण, हाम्रो गौरव र पहिचान” भन्ने नाराका साथ “स्थानिय परम्परागत सांस्कृतिक कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा चिसापानी गा.वि.स. भरिका विभिन्न स्थानिय परम्परागत सांस्कृतिक कार्यक्रमहरु विभिन्न समुदायवाट प्रदर्सन गरिएको थियो । समारोहका प्रमुअ अतिथि स्थानिय संस्कृति संरक्षक श्री लोचन कुमार श्रेष्ठको आतिथ्यमा अतिथिहरु गा.वि.स अध्यक्ष तथा सचिव प्रेम बहादुर श्रेष्ठ लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा माझी हरुको तर्फबाट कोसी पूजा, सोह्र सराद्ध, ब्राम्हण समुदायवाट बालन नाच, नेवार समुदायवाट देवि नाच, लाखे चाच, कार्तिके भजन, माघे भजन, नेवारी नाच, नेपाली समुदायवाट पञ्चेवाजा आदिको नाच लिएर सहभागि जनाएका थिए । सहभागिलाई रु. १५०० सहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा चिसापानी जनकल्याण समाजले स्थानिय सामुदायिक सुचना केन्द्र चिसापानीलाई रु ७००० बरावरको कितावहरु सहयोग प्रदान गरिएको थियो जुन सहयोग संस्थाको तर्फवाट वार्षिक रुपमा १०००० वरावरको सहयोग गर्ने निर्णय अनुसार पहिलो गरिएको थियो ।

This slideshow requires JavaScript.


चिसापानी जनकलयाण समाज को १४ औं बार्षिक साधारण सभा

“सहयोग, सामाजिक सद्भाव र न्याय””
चिसापानी जनकलयाण समाज
को १४ औं बार्षिक साधारण सभा

चिसापानी जनकल्याण समाज, कामाडौं (रामेछाप) को १४ औं बार्षिक साधारण सभा यहि मिति २०६८ साल भदौ महिनाको १० गतेका दिन बानेश्वर स्थीत ईन्द्रणी कम्पलेक्समा सफलता पूर्वक सम्मपन्न भयो । मध्यान्हको करिव १२ वजेबाट सुरुभएको साधारण सभा अपरान्न ४ बजेमात्र सम्पन्न भएको थियो । कार्यक्र संचालक सचिव श्री राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने । उत्त साधारण सभामा स्वगत मन्तब्य संस्थाका उपाध्यक्ष श्री श्याम शुन्दर श्रेष्ठले दिनुभएको थियो । त्यस्तै, निवर्तमान अध्यक्ष श्री गोपाल श्रेष्ठले चिसापानी गा.वि.स. मा हाल के भईरहेको छ र कस्ता कस्ता अप्ठ्यारा हरु छन त्यसको ’boutमा जानकारी दिनुभएको थियो साथसाथै श्रीजनसिल युवा समाजको तर्फ बाट जनकल्याण समाजलाई हार्दिक धन्यवाद दिनुभएको थियो । त्यस्तै, संस्थापक अध्यक्ष श्री प्रकास कुमार श्रेष्ठले स्थापनाकालदेकिका दुख कठिनाई र जनकल्याण समाजको ईतिहाँसको ’boutमा प्रष्ट्याउनु भएको थियो । त्यस्तै, पूर्व अध्यक्ष श्री शम्भु कुमार श्रेष्ठले आफ्ना मन्तब्यका क्रममा आगामि वर्षका लागि विभिन्न सुझावहरु दिनुभएको थियो ।

त्यस्तै, जनकल्याण समाजका अध्यक्ष श्री बैकुष्ठ श्रेष्ठले वार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो र आफ्नो २ वर्षको कार्यअवधिमा सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरु सुभचिन्तकहरु र कार्यसमितिका सदस्यहरुलाई धन्यवाद दिँदै कार्यसमितिलाई विगठन गर्नुभएको थियो ।

नयाँ नेतृत्व चयन गर्न श्री शम्भु कुमार श्रेष्ठको संयोजकत्वमा श्री प्रकास कुमार श्रेष्ठ, क्रृषी घिमिरे र झनक ढुड्डेलको निर्वाचन समिति गठन भएको थियो । उक्त निर्वाचन समितिले साधारण सभामा विभिन्न प्रस्तावहरु पेश गदै सबै प्रस्तावमा सर्व सम्मतिले पास गरेको थियो । यस विच बैठक निर्वाचन समितिले संञ्चालन गरको थियो । यसै क्रममा आर्थिक प्रदिवेदन कोषध्यक्ष श्री रविन्द्र श्रेष्ठले आ.व. २०६७÷०६८ सालको बार्षिक आर्थिक विवरण तथा प्रतिवेदन प्रेश गर्नुभएको थियो र संस्थाको आथिक अवस्था’bout साधारण सभामा जानकारी दिनुभएको थियो ।
नयाँ कार्य समितिको चयन प्रस्तावमाको सिलसिलामा छलफल गर्दा आगामि २ वर्षको लागि निम्नानुसारको कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मतिले निर्वाचित हुनुभएको छ ।
१५औ साधारण सभाबाट नव निर्वाचित कार्य समितिका पदाधिकारीहरु निम्नानुसार छन् ।

अध्यक्ष : श्री बैकुण्ठ श्रेष्ठ
उपाध्यक्ष : श्री भरत कुमार श्रेष्ठ
सचिव : श्री राजेन्द्र कुमार श्रेष्ठ
सह सचिव : श्री राम शरण श्रेष्ठ
कोषाध्यक्ष : श्री पवन कुमार श्रेष्ठ
सदस्यहरु:
-श्री शमिरसण ढुड्डेल
-श्री परशुराम उपाध्याय
-श्री प्रदिप कुमार श्रेष्ठ
-श्री राजकुमार श्रेष्ठ

निर्वाचीत कार्यसमितिलाई २०६८ भाद्र १० गतेको मिति देखि कार्यभार हस्तान्तरण निर्वाचन अधिकृतले गर्नुभको छ ।

त्यस्तै, सामुदायिक सुचना केन्द्रका सचिव श्री दिपक कुमार श्रेष्ठलाई स्थानिय शिक्षक लव कुमार श्रेष्ठले २०६८ हिलेजात्रा या कृष्ण अष्टमिको भोलीपल्ट संघातिक हमला गरेकोमा चिसापानी जनकल्याण समाजले त्यस्तो कार्यको घोर भत्सना गरेको छ र दोषी उपर कडा भन्दा कडा कार्वाहिको माग गरेको छ ।

करिव २ तिहाई सदस्यहरुको उपस्थितिमा भएको संञ्चालन भएको १४ औ कार्यसमितिको बैठक करिव ४ बजे सकिएको थियो ।

चिसापानी जनकल्याण समाज
काठमाडौं (रामेछाप) ।
नेपाल ।

साधारण सभाका केहि फोटोहरु

This slideshow requires JavaScript.


सुचना !! सुचना!! सुचना!!

चिसापानी जनकल्याण समाजको १४ औं बार्षिक साधारण सभा यहि मिती २०६८ साल भदौ १० गते शनिवारका दिन होटल ईन्द्रेणी कम्प्लेक्स्, नयाँ बानेश्वरमा हुने भएकोले यहि सुचना मार्फत सम्पूर्ण सदस्यमहानुभावलाई विहानको ठिक १० बजे साधारण सभामा उपस्थित भईदिनुहुन अनुरोध गरिन्छ ।

मिति : २०६८ साल भदौ १० गते शनिवार
सभा स्थान : होटल ईन्द्रेणी कम्प्लेक्स्, नयाँ बानेश्वरमा
समय : विहान १० बजे

बुढिखोरिया सामुदायिक वन र चिसापानीका सामुदायिक वनः एक परिचय

This slideshow requires JavaScript.


बुढिखोरिया सामुदायिक वन र चिसापानीका सामुदायिक वनः एक परिचय

परिचयः
जिल्लाको सदरमुकाम मन्थलीबाट उत्तर–पश्चिमतर्फ करिव ४ किलोमिटरको दूरीमा अवस्थित चिसापानी गा.वि.स. रहेको छ । गाविसमा विभिन्न एनजीओ छन् । तीमध्ये सामुदायिक वनहरूलाई प्रमुखरूपमा लिन सकिन्छ । सामुदायिक वनको नाम लिनुपर्दा बुढिखोरिया सामुदायिक वन कार्यालयको नाम उल्लेख्य रूपमा लिनुपर्दछ । यो समूहले गाविसभित्रका र छिमेकी गाविसहरूका अन्य वनहरूलाई नेपाल स्विस सामुदायिक वन परियोजनासँग सम्बन्ध गाँसी सामुदायिक वन गठन र परिमार्जनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो ।

ऐतिहासिक पृष्ठभूमिः
राणा शासनकालमा वन क्षेत्रलाई गाउँका तालुकदारहरूमा जिम्मा लगाउने र उनीहरूको निगरानीमा वनको संरक्षण एवं संवद्र्धन गर्ने प्रचलन थियो । सोही क्रममा बुढिखोरिया वन पनि स्थानीय तालुकदार स्व. श्री तेजमान श्रेष्ठ र स्व. श्री तुईसिं श्रेष्ठको निगरानीमा बुढिखोरियाको संरक्षण भएको र उहाँहरूको वनप्रति औधी माया र ममताको कारण नै आजको बुढिखोरिया घना भएको कुरा स्थानीय बूढापाकाबाट सुन्न पाइन्छ । समयको बदलि“दो क्रममा नीति–नियमहरूको पनि फेरबदल भइरहन्छ । यसै क्रममा तालुकदारहरूबाट जब वनलाई सरकारीकरण गरियो, यो समयमा वनको प्राकृतिक सम्पदा बृहत् रूपमा नष्ट भएको देखिन्छ ।
दिनदिनै वन उजाड हुँदै गएपछि केही व्यक्तिहरू चिन्तित हुन थाले । वन संरक्षणमा सक्रिय भएका केही व्यक्तिबाट गाउँलेहरूको आम भेला बोलाई वनको संरक्षण गर्नुपर्छ, यसैगरी वन दिनदिनै नाश ह“ुदै गएमा हाम्रा भावी सन्ततिले वन भनेको के हो भन्ने कुरा थाहा पाउन चित्रावलोकन गर्नु मात्र पर्नेछ भन्ने विषयमा विस्तृत छलफल गरेपछि २०४८ सालदेखि अनौपचारिक तवरबाट गाउ“लेहरूको सक्रियतामा वनको संरक्षण हुन थाल्यो ।

वर्तमान अवस्थाः
२०५२ साल असार ३२ गते बुढिखोरिया, करमडाँडा सामुदायिक वनको विधिवत् न्वारन भयो । जिल्ला वन कार्यालय रामेछाप र नेपाल–स्विस सामुदायिक परियोजनाको पूर्ण सहयोगमा सो मितिदेखि बुढिखोरियालाई स्थानीय उपभोक्तामा संरक्षण, संवद्र्धन र उपभोगका लागि हस्तान्तरण गरियो । स्थानीय वयोवृद्ध समाजसेवी श्री गणेशदास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन गरिएको थियो । कार्यसमितिको सक्रिय भूमिकाबाट बिस्तार–बिस्तार प्राकृतिक स्रोतमा वृद्धि हु“दै घना जंगलको रूपमा परिवर्तन हु“दै गयो । हाल श्री युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुढिखोरियाको जम्मा क्षेत्रफल ८४.५ हेक्टर छ भने उपभोक्ता घरधुरी संख्या १४२ छ । यस सामुदायिक वनको हरेक क्रियाकलाप र गतिविधिमा सम्पूर्ण उपभोक्ताहरू सक्रियरूपमा क्रियाशील छन् ।

बुढिखोरिया सामुदायिक वनले सफलतापूर्वक प्रगतितर्फ उन्मुख हुन सक्नुको कारणः
सफलताको उच्च शिखरमा पुग्न हरेक गतिविधि र क्रियाकलापहरू सकारात्मक ढंगबाट अगाडि बढ्न सक्नुपर्दछ । हरेक सदस्यमा अपनत्वको भावना विकसित हुनुपर्दछ । आज बुढिखोरिया आÇनो सफलताको शिखरमा पुग्न निम्न कारणबाट सम्भव भएको होः      निर्णय प्रक्रियामा सबै तह, जाति, वर्ग, भौगोलिक क्षेत्र र लिङ्कका मानिसहरूको सक्रिय सहभागिता भई उनीहरूको आवाजलाई महŒव दिई कार्यान्वयन हुनु । निर्णयको पालना तथा प्रभावकारी ढंगबाट कार्यान्वयन हुनु । वन पैदावार वस्तुहरू न्यायोचित ढंगबाट वितरण हुनु, पारदर्शिताबाट सम्पूर्ण उपभोक्तामा सन्तुष्टि हुनु ।

विश्व  श्रेष्ठ
चिसापानी–६

समूहको आर्थिक पाटो (लेखा अभिलेख) पारदर्शी तवरमा राखी नवगठित कार्यसमितिलाई समयमै बरबुझारथ गर्नु ।
ड्ड    संस्थाको योजना, कार्ययोजना र वार्षिक कार्ययोजना एवं निर्णय पुस्तिकामा स्पष्ट रूपमा व्यवस्था हुन सक्नु, आदि ।
चिसापानी गाविसभित्रका विभिन्न सामुदायिक वनहरू

यस गाविसभित्र सामुदायिक वन संख्या ९ र कबुलियत वन संख्या १ गरी कुल संख्या १० छ । ती वनहरू यसप्रकार छन्ः
क    बुढिखोरिया करमडाँडा सामुदायिक वन
ख    घडी छाप सामुदायिक वन
ग    काभे्र दारेगौंडा सामुदायिक वन
घ    आम्पानी ठूलो भीर सामुदायिक वन
ङ    सालघारी सामुदायिक वन
च    सल्लेरी सामुदायिक वन
छ    बर्चले सामुदायिक वन
ज    देउराली पाखा सामुदायिक वन
झ    शिकारी थान सामुदायिक वन
ञ    कालीदेवी पाखा कबुलियत वन

सम्पूर्ण सामुदायिक वनहरूको निर्णय प्रक्रिया, सक्रियता आदि कार्यहरू ज्यादै सकारात्मक छन् । त्यसकारण वन पैदावार वस्तुहरूको उत्पादन र वनको क्षेत्र निकै राम्रो
देखिन्छ । आगामी दिनहरूमा पनि सम्पूर्ण समूहको सक्रियता यथावत् रहेमा यस गाविसको वन क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ ।

Source : Chisapani Darpan

चिसापानी सामुदायिक सुचना केन्द्र

3. तेस्रो एल्बम :
चिसापानी सामुदायिक सुचना केन्द्रका केहि फोटोहरु

SHIDESHOW

This slideshow requires JavaScript.

पृष्ठभूमिः(Background)

मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने रामेछाप जिल्ला राजधानी काठमाडौंदेखि करिव २०० कि.मि. टाढा रहेको दुर्गम जिल्ला हो । जिल्ला सदरमुकामसम्म सडकले छोए पनि ग्रामीण भेगमा सडकको पहुँच अझै नपुगेकोले विकासका अन्य पूर्वाधारहरू पनि निर्माण हुन सकेका छैनन् । यस सामुदायिक सूचना केन्द्र रहेको गा.वि.स. चिसापानी अझै दुर्गम एवं भौगोलिक रूपमा पिछडिएको स्थान हो । रेडियो तथा टी.भी.बाट सामान्य खबर सुन्न र देख्न पाए पनि वास्तवमा यहाँका मानिसहरू सूचनाको पहुँचबाट वञ्चित छन् । यहाँसम्म कि, राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरू देख्नसमेत पाउँदैनन् । विश्वमा सूचना तथा सञ्चार प्रविधिको द्रुततर विकास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यहाँका मानिसहरू अनभिज्ञ भइरहनुपर्ने बाध्यता छ । विद्यालयको कोरा पाठ्यक्रमबाहेक अन्य सन्दर्भ सामग्री यहाँका विद्यार्थीहरूले देख्न पाएका छैनन् । यी र यस्तै खालका विविध समस्याहरूबाट पिल्सिएका यहाँका केही युवा तथा बुद्धिजीवीहरूको एउटा प्रयासस्वरूप यस्ता समस्याहरू समाधान गर्दै निर्बाधरूपमा सूचना पाउने हक उपलब्ध गराउनका खातिर सामुदायिक सूचना केन्द्र २०६४ सालमा जिल्ला प्रशासन कार्यालय रामेछापमा विधिवत दर्ता भई स्थापना भएको हो

परिचयः (Introduction)

संस्थाको नाम       :  सामुदायिक सूचना केन्द्र Community Information Center)
ठेगाना                  :      चिसापानी –५, रामेछाप
सम्पर्क फोन नं.     :      कार्यस्थलः ०४८–६९०४२५,
काठमाडौं              :     १–४२४७७६५
जि.प्र.का. द.नं.     :    ४६८/०६४/६५
स.क.प.आ. नं.      :   २३३१४/०६४/०६५

परिकल्पना(Vision)
चिसापानीवासीहरूलाई सूचनाद्वारा सुसूचित, शिक्षाद्वारा शिक्षित र सञ्चार प्रविधिद्वारा सक्षम बनाउने ।

लक्ष्य(Mission)
ग्रामीण समुदायका विपन्न, पिछडिएका एवं अशिक्षित व्यक्तिहरूलाई शिक्षा, सूचना तथा सञ्चारमा पहँुच अभिवृद्धि गर्ने ।

उद्देश्य(Objectives)

  •  ग्रामीण समुदायका महिला, बालबालिका तथा युवा वर्गको शिक्षा, सूचना र सञ्चारमा पहुँच वृद्धि गर्ने ।
  • चेतनाको स्तर न्यून भएका समुदायमा आर्थिक, सामाजिक तथा राजनीतिक चेतनास्तर वृद्धि गर्न सहयोग पुर्याउने ।
  •  सामुदायिक सूचना केन्द्र स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने  ।
  • औपचारिक एवं अनौपचारिक शिक्षा सहयोगी केन्द्रको रूपमा काम गर्ने ।
  • बालबालिका तथा युवाको शैक्षिक र बौद्धिक विकासको निम्ति शैक्षिक सामग्रीहरू उपलब्ध गराउने ।
  • साक्षरता प्रवद्र्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • शैक्षिक विकासका लागि विभिन्न शैक्षिक कार्यक्रम, तालिम, कार्यशाला गोष्ठी आदि आयोजना गर्ने ।
  • शैक्षिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरू, विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने ।
  • शैक्षिक क्षेत्रको विकासका लागि अन्य कार्य गर्ने ।

लक्षित वर्ग (Target Group)
बालबालिका युवा महिला विभिन्न पेशामा लागेका व्यक्तिहरू विद्यार्थीहरू .

Source :

CIC, Chisapani

चिसापानिको खानेपानी सहयोग

चिसापानिको खानेपानी समस्यालाई समाधान गर्न सहयोग गर्ने उद्देश्यले चिसापानी जनकल्याण समाजले पानी ट्यांकी निर्माण गर्न करिब रु. १,२५,०००.०० बराबरको सहयोग उपलब्ध गराउने भएको छ /

पुस्तकालय दिवस सम्वन्धि सूचना

काठमाडौ, साउन ६ गते । माननीय शिक्षामन्त्री गंगालाल तुलाधरको अध्यक्षतामा केशर पुस्तकालय केशरमहलमा बसेको पुस्तकालय संग सम्बन्धित विभिन्न सरोकारवालाहरुको भेलाले नेपालमा पुस्तकालय स्थापनाको २०० औं वर्ष तथा चौथो पुस्तकालय दिवस भव्य रुपमा मनाउन एक मूल आयोजक समितिको गठन ग¥यो । सो भेलामा लुम्बिनि बौद्ध विश्वविद्यालयका भूतपुर्व उपकुलपति डा. त्रिरत्न मानन्धर, रजिष्ट्रार खड्गमान श्रेष्ठ, शिक्षा मन्त्रालयका सहसचिव जर्नादन नेपाल, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान विभागका डा. मदुसूदन कार्की, त्रिवि केन्द्रीय पुस्तकालयका निर्वतमान प्रमुख कृष्णमणी भण्डारी, नेपाल पुस्तकालय संघका भूलपूर्व अध्यक्षहरु मुरारी विनोद पोख्रेल, रुद्रप्रसाद दुलाल, भोलाकुमार श्रेष्ठ, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका जुजुभाइ डंगोल तथा वर्तमान अध्यक्ष प्रकाश थापा, तुलसाका अध्यक्ष, एनसिएलएका प्रतिनिधि, लिसाका प्रतिनिधि, रुम टु रिडका प्रतिनिधि, रिड नेपालका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल पुस्तकाय संघका अध्यक्षले स्वागत मन्तब्य दिंदै शिक्षा मन्त्रालयसंग सहकार्य गर्न नेपाल पुस्तकालय संघ तयार रहेको कुरा व्यक्त गर्नु भयो । नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले नेपालमा पुस्तकालय नेपालमा पुस्तकालय स्थापना गर्न तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले विसंं १८६९ भदौ १५ गते लालमोहर जारी गरी पुस्तक चिताइ तहविल स्थापना गरेको दिनलाई आधार मानेर नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको सन्दर्भसहित छोटो प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव जर्नादन नेपालले ७५ ओटै जिल्लामा पुस्तकालय दिवस मनाउन मन्त्रालयले सवै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिने तथा शिक्षा ऐनको संशोधन गर्ने विधेयकको मसौदामा पुस्तकालय सम्बन्धी व्यवस्था समेत गरिएको जाकारी गराउनु भयो । शिक्षामन्त्री तुलाधरले यो ऐतिहासिक अवसरको अध्यक्षता ग्रहण गर्न पाउनु आफ्नो लागि पनि खुसीको कुरा भएको र समग्र पुस्तकालय विकासमा यसले नयाँ बाटो पहिल्याउने छ भन्ने विश्वास लिएको कुरा वताउनु भयो । पुस्तकाय दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन शिक्षामन्त्रीको अध्यक्षतामा एक मूल समारोह समितिको गठन गर्ने तथा अन्य विभिन्न उपसमितिहरुको समेत गठन गर्ने निर्णय गरियो । केशर पुस्तकालयका प्रमुख जानकी कर्माचार्यले धन्यवाद ज्ञापना तथा कार्यक्रमको सञ्चालन लिसाका पूर्व अध्यक्ष अशोक थापाले गर्नुभएको थियो । भेलाले चौथो पुस्तकालय दिवसको नारा “समृद्ध नेपाल निर्माणका लागि पुस्तकालय” भन्ने तय ग¥यो ।

Source :

Chisapani Community Information Centre

चौथो पुस्तकालय दिवस, २०६८

भूमिका

जीवनयापनको आधारभूत तत्त्व शिक्षा हो । शिक्षाको गुणस्तरीय विकासका लागि पुस्तकालय तथा सूचना केन्द्रहरू शिक्षण संस्थाका अङ्गमात्र नभइ सभ्य समाजको मुटु नै मानिन्छन्।पुस्तकालय ज्ञान प्रदान गर्ने  प्राज्ञिक एवम् सामाजिक संस्था हो। हरेक देशमा पुस्तकालय विकास र यससँग सम्बन्धित गतिविधि फरक फरक प्रकृतिका हुने गर्छन्। नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउन लागिएको चारवर्ष भयो ।वि।सं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले शाहले लालमोहर जारी गरी “पुस्तक चिताइ तहबिल” (पुस्तकालय) को स्थापना गरेको दिनलाई आधारमानेर नेपालमा पुस्तकाल दिवस मनाउने गरिएको हो ।

पुस्तकालय दिवसका उद्देश्यहरू

निम्न उद्देश्य प्राप्तिका लागि पुस्तकालय दिवस मनाउन थालिएको हो

१)  पुस्तकालय प्रयोगमा रूचि जगाउने,

२)  अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एवम् ज्ञानमा आधारित समाज निर्माणको लागि वातावरण  सिर्जना गर्ने,

३)  शैक्षणिक क्रियाकलाप (अनौपचारिक शिक्षा) मा पुस्तकालयको प्रयोग र महत्वलाई केन्द्रीय तत्व मध्येको स्थान दिलाउने वातावरण सिर्जना गर्ने,

४)     पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरू’bout आम नागरिकहरू, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पाठक, पुस्तकालयप्रेमी एवम् अन्य सरोकारवाला निकायहरूबीच प्रचारप्रसार गर्ने,

५)    पुस्तकालय दिवसलाई संस्थागत गर्दै राष्ट्रिय मान्यता दिलाउन प्रयास गर्ने ।

विगतमा सम्पन्न पुस्तकालय दिवसहरू

क। पहिलो पुस्तकालय दिवस

२०६५ भदौ १५ गते सप्ताहव्यापि कार्यक्रमको समापन गर्दै तत्कालीन शिक्षामन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यतामा पहिलो पुस्तकालय दिवस नेपाल पुस्तकालय संघका पूर्वअध्यक्ष भोलाकुमार श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो। पहिलो पुस्तकालय दिवसको नारा ‘सबैका लागि पुस्तकालय’ रहेको थियो। सो कार्यक्रममा पुस्तकालयसँग सम्बन्धित संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री यादवले आवश्यक ऐन, कानुनको अभावमा नेपालका पुस्तकालयको उचित विकास र व्यवस्थापन हुननसकेको  कुरा व्यक्त गर्नु भएको थियो। पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति,२०६४ लागू भएपनि कार्यान्वयन हुन नसकेकाले मुलुकका धेरैजसो पुस्तकालय व्यवस्थित हुन नसकेको बताउदै मन्त्री यादवले आफूले पुस्तकालयको विकास र व्यवस्थापनका लागि सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। पहिलो पुस्तकालय दिवसका अवसरमा पुर्णप्रसाद अमात्यलाइ सम्मान गरिएको थियो ।

ख। दोस्रो पुस्तकालय दिवसस् अघिल्लो बर्षजस्तै २०६६ साल भदौ १५ गते पुस्तकालय तथा सूचना विज्ञान विद्याथी संघका तत्कालीन अध्यक्ष अशोक थापाको संयोजकत्वमा दोस्रो पुस्तकालय दिवस रक्तदान, पत्रकार सम्मेलन, प्रवचन कार्यक्रम, निबन्ध प्रतियोगिता, जस्ता कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी मनाइएको थियो। मूल कार्यक्रमको अध्यक्षता संस्कृतिविद् सत्यमोहन जोशीले गर्नु भएको थियो। दोस्रो पुस्तकालय दिवसको नारा ‘पुस्तकालयको विकास नयाँ नेपालको निकास’ भन्ने रहेको थियो। दोस्रो पुस्तकालय दिवसका अवसरमा कमलकणि दीक्षितलाइ सम्मान गरिएको थियो ।

ग। तेस्रो पुस्तकालय दिवसस् नेपाल पुस्तकालय संघका अध्यक्ष प्रकाशकुमार थापाको अध्यक्षतामा तेस्रो पुस्तकालय दिवस भदौ १५, २०६७ सम्पन्न गरियो । उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदान, पत्रकार सम्मेलन, प्रवचन कार्यक्रम, निबन्ध प्रतियोगिता, जस्ता कार्यक्रमको आयोजना गरिएको थियो। साताव्यापि कार्यक्रमको समापन उपराष्ट्रपति निवास बहादुर भवनमा गरिएको थियो भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाइ सम्मानित गरिएको थियो ।

चौथो पुस्तकालय दिवस, २०६८

सधैँका वर्षझैं यसवर्ष पनि पुस्तकालय दिवसलाइ एक महत्वपूर्ण पर्वका रूपमा भव्यताका साथ मनाउने तयारी गरिँदै छ।यस वर्षको पुस्तकालय दिवस शिक्षा मन्त्रालयको संयोजकत्वमा सम्पन्न गर्ने तय भएको छ। मन्त्रालयको संयोजनमा विभन्न संघ संस्थाहरू नेपाल पुस्तकालय संघ, त्रि।वि। केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय, काठमाडूँ उपत्यका सार्वजनिक पुस्तकालय, लिसा, तुलसा, एन।सी।एल।ए, पुस्तकालय आवाज, युनेस्को, रिड, रुम टु रिड, पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रि।वि। आदि क्रियाशीलताका साथ सक्रिय हुने निर्णय मिति २०६८ असार २३ गते केशर पुस्तकालयमा बसेको भेलाले निर्णय गरिसकेको छ।

दुईसय वर्ष विशेष कार्यक्रमस् चौथो पुस्तकालय दिवस विशेष प्रकृतिको हुने भएको छ ’cause हामी पुस्तकालय दिवस मनाउन लागेको आधिकारिक तिथि वि।स।१८६९ देखि हालको मिति २०६८, भनेको दुईसय वा दुईशताब्दी पुगेको छ।पुस्तकालयले सेवाले आधिकारिकता प्राप्तो गरेको यति महत्त्वपूर्ण समयलाई पुस्तकालय दिवसको महान् घडीमा प्राथमिकतामा राख्नुव उपयुक्त नै देखिन्छ।यस सन्दर्भमा उल्लेखनीय कार्य गर्नु उत्तिकै वान्छनीय छ।

प्रस्तावित मुख्य कार्यक्रमहरू

क) शिक्षणसंस्थासंग सम्बन्धित कार्यक्रमहरूः निवन्ध प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, पुस्तकालय भम्रण, पुस्तकालय प्रयोगसम्बन्धी प्रवचन, कवितावाचन, चित्रकला प्रर्दशनी÷प्रतियोगिता आदि ।

ख) समाजिक सेवाः रक्तदान, सरसफाइ, वृक्षारोपण, पुस्तक दान आदि ।

ग) पुस्तकालयबाट प्रदान गर्न सकिनेः विशेष सेवा, जस्तै घुम्ती पुस्तकालय, पुस्तक प्रदर्शनी, पाठक छलफल, पुस्तकालय अध्ययन क्लव, सन्र्दभसेवा, कथा÷कविता वाचन, पुस्तकालय प्रयोगसम्बन्धी अभिमुखीकरण गोष्ठी सेमिनार आदि ।

घ)  प्रचारप्रसारका कार्यक्रमः अन्तरक्रिया÷छलफल, पत्रकार सम्मेलन, पर्चा पम्पलेट प्रकाशन, पोष्टर प्रकाशन, टोपी र टी–सर्टमा (नारा एवम् दिवस) प्रिन्ट, पुस्तिका÷पत्रिका÷लेख÷स्मारिका, सूचना प्रकाशन आदि ।

ङ) सम्मान कार्यक्रमः उत्कृष्ठ पुस्तकालय÷योगदान कर्तालाई, नियमित पुस्तकालय प्रयोगकर्तालाई आदि ।

च) कार्यक्रमः  मूल÷आयोजक समारोह समितिको गठन आदि ।

छ) प्रभातफेरि, ¥याली, मञ्च सञ्चालन आदि।

पुस्तकालय दिवस कार्यक्रमलाई सफल बनाउन निम्नलिखित समितिहरु समेत गठन गरिएको छ ः

माननीय शिक्षा मन्त्री श्री गंगालाल तुलाधरज्यूको अध्यक्षतामा मूल समारोह समितिको गठन ।

पुस्तकालय व्यवस्थापन समिति
प्रचार प्रसार समिति
आर्थिक व्यवस्थापन समिति
प्रकाशन समिति
राष्टिय तथा अन्र्तराष्ट्रिय समन्वय समिति
साहित्यिक गतिविधि समिति

 कार्यक्रमः

१. माननीय शिक्षामन्त्री  श्री गंगालाल तुलाधरज्यूवाट चौथो पुस्तकालय दिवस, २०६८ बैठकको अध्यक्षता ग्रहण
२. पुस्तकालय दिवस सम्बन्धमा प्रस्तुतीः यादवचन्द्र निरौला
३. यो वर्ष केन्द्रीय तथा जिल्ला÷गाउँस्तरमा सञ्चालन गरिने कार्यक्रमहरु
४. कार्यक्रमलाई सफल बनाउन अन्य उपसमितिहरुको गठन
५. छलफल
७ माननीय मन्त्रीज्यूबाट संबोधन
८. धन्यवाद ज्ञापन
९. स्वागत मन्तब्यः प्रकाश थापा, अध्यक्ष नेपाल पुस्तकालय संघ
१०. उद्घोषणः अशोक थापा

नेपालमा पुस्तकालय स्थापनाको २०० औं वर्ष
“समृद्ध नेपाल निर्माणका लागि पुस्तकालय”
चौथो पुस्तकालय दिवस, २०६८
मूल आयोजक समिति
काठमाडौं, नेपाल
Source:

Chisapani Community Information Centre
Chisapani, Ramechhap
Nepal