३.बुढिखोरिया सामुदायिक वन र चिसापानीका सामुदायिक वनः एक परिचय

बुढिखोरिया सामुदायिक वन र चिसापानीका सामुदायिक वनः एक परिचय

परिचयः
जिल्लाको सदरमुकाम मन्थलीबाट उत्तर–पश्चिमतर्फ करिव ४ किलोमिटरको दूरीमा अवस्थित चिसापानी गा.वि.स. रहेको छ । गाविसमा विभिन्न एनजीओ छन् । तीमध्ये सामुदायिक वनहरूलाई प्रमुखरूपमा लिन सकिन्छ । सामुदायिक वनको नाम लिनुपर्दा बुढिखोरिया सामुदायिक वन कार्यालयको नाम उल्लेख्य रूपमा लिनुपर्दछ । यो समूहले गाविसभित्रका र छिमेकी गाविसहरूका अन्य वनहरूलाई नेपाल स्विस सामुदायिक वन परियोजनासँग सम्बन्ध गाँसी सामुदायिक वन गठन र परिमार्जनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो ।

ऐतिहासिक पृष्ठभूमिः
राणा शासनकालमा वन क्षेत्रलाई गाउँका तालुकदारहरूमा जिम्मा लगाउने र उनीहरूको निगरानीमा वनको संरक्षण एवं संवद्र्धन गर्ने प्रचलन थियो । सोही क्रममा बुढिखोरिया वन पनि स्थानीय तालुकदार स्व. श्री तेजमान श्रेष्ठ र स्व. श्री तुईसिं श्रेष्ठको निगरानीमा बुढिखोरियाको संरक्षण भएको र उहाँहरूको वनप्रति औधी माया र ममताको कारण नै आजको बुढिखोरिया घना भएको कुरा स्थानीय बूढापाकाबाट सुन्न पाइन्छ । समयको बदलि“दो क्रममा नीति–नियमहरूको पनि फेरबदल भइरहन्छ । यसै क्रममा तालुकदारहरूबाट जब वनलाई सरकारीकरण गरियो, यो समयमा वनको प्राकृतिक सम्पदा बृहत् रूपमा नष्ट भएको देखिन्छ ।
दिनदिनै वन उजाड हुँदै गएपछि केही व्यक्तिहरू चिन्तित हुन थाले । वन संरक्षणमा सक्रिय भएका केही व्यक्तिबाट गाउँलेहरूको आम भेला बोलाई वनको संरक्षण गर्नुपर्छ, यसैगरी वन दिनदिनै नाश ह“ुदै गएमा हाम्रा भावी सन्ततिले वन भनेको के हो भन्ने कुरा थाहा पाउन चित्रावलोकन गर्नु मात्र पर्नेछ भन्ने विषयमा विस्तृत छलफल गरेपछि २०४८ सालदेखि अनौपचारिक तवरबाट गाउ“लेहरूको सक्रियतामा वनको संरक्षण हुन थाल्यो ।

वर्तमान अवस्थाः
२०५२ साल असार ३२ गते बुढिखोरिया, करमडाँडा सामुदायिक वनको विधिवत् न्वारन भयो । जिल्ला वन कार्यालय रामेछाप र नेपाल–स्विस सामुदायिक परियोजनाको पूर्ण सहयोगमा सो मितिदेखि बुढिखोरियालाई स्थानीय उपभोक्तामा संरक्षण, संवद्र्धन र उपभोगका लागि हस्तान्तरण गरियो । स्थानीय वयोवृद्ध समाजसेवी श्री गणेशदास श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन गरिएको थियो । कार्यसमितिको सक्रिय भूमिकाबाट बिस्तार–बिस्तार प्राकृतिक स्रोतमा वृद्धि हु“दै घना जंगलको रूपमा परिवर्तन हु“दै गयो । हाल श्री युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । बुढिखोरियाको जम्मा क्षेत्रफल ८४.५ हेक्टर छ भने उपभोक्ता घरधुरी संख्या १४२ छ । यस सामुदायिक वनको हरेक क्रियाकलाप र गतिविधिमा सम्पूर्ण उपभोक्ताहरू सक्रियरूपमा क्रियाशील छन् ।

बुढिखोरिया सामुदायिक वनले सफलतापूर्वक प्रगतितर्फ उन्मुख हुन सक्नुको कारणः
सफलताको उच्च शिखरमा पुग्न हरेक गतिविधि र क्रियाकलापहरू सकारात्मक ढंगबाट अगाडि बढ्न सक्नुपर्दछ । हरेक सदस्यमा अपनत्वको भावना विकसित हुनुपर्दछ । आज बुढिखोरिया आÇनो सफलताको शिखरमा पुग्न निम्न कारणबाट सम्भव भएको होः      निर्णय प्रक्रियामा सबै तह, जाति, वर्ग, भौगोलिक क्षेत्र र लिङ्कका मानिसहरूको सक्रिय सहभागिता भई उनीहरूको आवाजलाई महŒव दिई कार्यान्वयन हुनु । निर्णयको पालना तथा प्रभावकारी ढंगबाट कार्यान्वयन हुनु । वन पैदावार वस्तुहरू न्यायोचित ढंगबाट वितरण हुनु, पारदर्शिताबाट सम्पूर्ण उपभोक्तामा सन्तुष्टि हुनु ।

विश्व  श्रेष्ठ
चिसापानी–६

समूहको आर्थिक पाटो (लेखा अभिलेख) पारदर्शी तवरमा राखी नवगठित कार्यसमितिलाई समयमै बरबुझारथ गर्नु ।
ड्ड    संस्थाको योजना, कार्ययोजना र वार्षिक कार्ययोजना एवं निर्णय पुस्तिकामा स्पष्ट रूपमा व्यवस्था हुन सक्नु, आदि ।
चिसापानी गाविसभित्रका विभिन्न सामुदायिक वनहरू

यस गाविसभित्र सामुदायिक वन संख्या ९ र कबुलियत वन संख्या १ गरी कुल संख्या १० छ । ती वनहरू यसप्रकार छन्ः
क . बुढिखोरिया करमडाँडा सामुदायिक वन
ख . घडी छाप सामुदायिक वन
ग. काभे्र दारेगौंडा सामुदायिक वन
घ. आम्पानी ठूलो भीर सामुदायिक वन
ङ . सालघारी सामुदायिक वन
च. सल्लेरी सामुदायिक वन
छ. बर्चले सामुदायिक वन
ज. देउराली पाखा सामुदायिक वन
झ. शिकारी थान सामुदायिक वन
ञ. कालीदेवी पाखा कबुलियत वन

सम्पूर्ण सामुदायिक वनहरूको निर्णय प्रक्रिया, सक्रियता आदि कार्यहरू ज्यादै सकारात्मक छन् । त्यसकारण वन पैदावार वस्तुहरूको उत्पादन र वनको क्षेत्र निकै राम्रो
देखिन्छ । आगामी दिनहरूमा पनि सम्पूर्ण समूहको सक्रियता यथावत् रहेमा यस गाविसको वन क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ ।

चिसापानी बुढि खोरिया बन उपभोक्ता समूहको दोस्रो बार्षिक आमसभामा  मिति २०४७ श्रावण महिना को फोटो

 

 

 

 

 

 

 

 

 

 

 

Source : Chisapani Darpan

  1. अहिलेसम्म कुनै टिप्पणी छैन ।
  1. No trackbacks yet.

टिप्पणी छोड्नुहोस्