गृह > Community Library > चौथो पुस्तकालय दिवस, २०६८

चौथो पुस्तकालय दिवस, २०६८

भूमिका

जीवनयापनको आधारभूत तत्त्व शिक्षा हो । शिक्षाको गुणस्तरीय विकासका लागि पुस्तकालय तथा सूचना केन्द्रहरू शिक्षण संस्थाका अङ्गमात्र नभइ सभ्य समाजको मुटु नै मानिन्छन्।पुस्तकालय ज्ञान प्रदान गर्ने  प्राज्ञिक एवम् सामाजिक संस्था हो। हरेक देशमा पुस्तकालय विकास र यससँग सम्बन्धित गतिविधि फरक फरक प्रकृतिका हुने गर्छन्। नेपालमा भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउन लागिएको चारवर्ष भयो ।वि।सं १८६९ भदौ १५ गते तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले शाहले लालमोहर जारी गरी “पुस्तक चिताइ तहबिल” (पुस्तकालय) को स्थापना गरेको दिनलाई आधारमानेर नेपालमा पुस्तकाल दिवस मनाउने गरिएको हो ।

पुस्तकालय दिवसका उद्देश्यहरू

निम्न उद्देश्य प्राप्तिका लागि पुस्तकालय दिवस मनाउन थालिएको हो

१)  पुस्तकालय प्रयोगमा रूचि जगाउने,

२)  अध्ययन संस्कृतिको विकास गर्ने र सूचना एवम् ज्ञानमा आधारित समाज निर्माणको लागि वातावरण  सिर्जना गर्ने,

३)  शैक्षणिक क्रियाकलाप (अनौपचारिक शिक्षा) मा पुस्तकालयको प्रयोग र महत्वलाई केन्द्रीय तत्व मध्येको स्थान दिलाउने वातावरण सिर्जना गर्ने,

४)     पुस्तकालय तथा सूचना विज्ञानको क्षेत्रमा भएका प्रगति तथा गतिविधिहरू’bout आम नागरिकहरू, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, लेखक, पाठक, पुस्तकालयप्रेमी एवम् अन्य सरोकारवाला निकायहरूबीच प्रचारप्रसार गर्ने,

५)    पुस्तकालय दिवसलाई संस्थागत गर्दै राष्ट्रिय मान्यता दिलाउन प्रयास गर्ने ।

विगतमा सम्पन्न पुस्तकालय दिवसहरू

क। पहिलो पुस्तकालय दिवस

२०६५ भदौ १५ गते सप्ताहव्यापि कार्यक्रमको समापन गर्दै तत्कालीन शिक्षामन्त्री रेणुकुमारी यादवको प्रमुख आतिथ्यतामा पहिलो पुस्तकालय दिवस नेपाल पुस्तकालय संघका पूर्वअध्यक्ष भोलाकुमार श्रेष्ठको संयोजनमा सम्पन्न भएको थियो। पहिलो पुस्तकालय दिवसको नारा ‘सबैका लागि पुस्तकालय’ रहेको थियो। सो कार्यक्रममा पुस्तकालयसँग सम्बन्धित संघसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै मन्त्री यादवले आवश्यक ऐन, कानुनको अभावमा नेपालका पुस्तकालयको उचित विकास र व्यवस्थापन हुननसकेको  कुरा व्यक्त गर्नु भएको थियो। पुस्तकालय तथा सूचना सेवा राष्ट्रिय नीति,२०६४ लागू भएपनि कार्यान्वयन हुन नसकेकाले मुलुकका धेरैजसो पुस्तकालय व्यवस्थित हुन नसकेको बताउदै मन्त्री यादवले आफूले पुस्तकालयको विकास र व्यवस्थापनका लागि सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। पहिलो पुस्तकालय दिवसका अवसरमा पुर्णप्रसाद अमात्यलाइ सम्मान गरिएको थियो ।

ख। दोस्रो पुस्तकालय दिवसस् अघिल्लो बर्षजस्तै २०६६ साल भदौ १५ गते पुस्तकालय तथा सूचना विज्ञान विद्याथी संघका तत्कालीन अध्यक्ष अशोक थापाको संयोजकत्वमा दोस्रो पुस्तकालय दिवस रक्तदान, पत्रकार सम्मेलन, प्रवचन कार्यक्रम, निबन्ध प्रतियोगिता, जस्ता कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी मनाइएको थियो। मूल कार्यक्रमको अध्यक्षता संस्कृतिविद् सत्यमोहन जोशीले गर्नु भएको थियो। दोस्रो पुस्तकालय दिवसको नारा ‘पुस्तकालयको विकास नयाँ नेपालको निकास’ भन्ने रहेको थियो। दोस्रो पुस्तकालय दिवसका अवसरमा कमलकणि दीक्षितलाइ सम्मान गरिएको थियो ।

ग। तेस्रो पुस्तकालय दिवसस् नेपाल पुस्तकालय संघका अध्यक्ष प्रकाशकुमार थापाको अध्यक्षतामा तेस्रो पुस्तकालय दिवस भदौ १५, २०६७ सम्पन्न गरियो । उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदान, पत्रकार सम्मेलन, प्रवचन कार्यक्रम, निबन्ध प्रतियोगिता, जस्ता कार्यक्रमको आयोजना गरिएको थियो। साताव्यापि कार्यक्रमको समापन उपराष्ट्रपति निवास बहादुर भवनमा गरिएको थियो भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाइ सम्मानित गरिएको थियो ।

चौथो पुस्तकालय दिवस, २०६८

सधैँका वर्षझैं यसवर्ष पनि पुस्तकालय दिवसलाइ एक महत्वपूर्ण पर्वका रूपमा भव्यताका साथ मनाउने तयारी गरिँदै छ।यस वर्षको पुस्तकालय दिवस शिक्षा मन्त्रालयको संयोजकत्वमा सम्पन्न गर्ने तय भएको छ। मन्त्रालयको संयोजनमा विभन्न संघ संस्थाहरू नेपाल पुस्तकालय संघ, त्रि।वि। केन्द्रीय पुस्तकालय, राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय, काठमाडूँ उपत्यका सार्वजनिक पुस्तकालय, लिसा, तुलसा, एन।सी।एल।ए, पुस्तकालय आवाज, युनेस्को, रिड, रुम टु रिड, पुस्तकालय विज्ञान केन्द्रीय विभाग त्रि।वि। आदि क्रियाशीलताका साथ सक्रिय हुने निर्णय मिति २०६८ असार २३ गते केशर पुस्तकालयमा बसेको भेलाले निर्णय गरिसकेको छ।

दुईसय वर्ष विशेष कार्यक्रमस् चौथो पुस्तकालय दिवस विशेष प्रकृतिको हुने भएको छ ’cause हामी पुस्तकालय दिवस मनाउन लागेको आधिकारिक तिथि वि।स।१८६९ देखि हालको मिति २०६८, भनेको दुईसय वा दुईशताब्दी पुगेको छ।पुस्तकालयले सेवाले आधिकारिकता प्राप्तो गरेको यति महत्त्वपूर्ण समयलाई पुस्तकालय दिवसको महान् घडीमा प्राथमिकतामा राख्नुव उपयुक्त नै देखिन्छ।यस सन्दर्भमा उल्लेखनीय कार्य गर्नु उत्तिकै वान्छनीय छ।

प्रस्तावित मुख्य कार्यक्रमहरू

क) शिक्षणसंस्थासंग सम्बन्धित कार्यक्रमहरूः निवन्ध प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, पुस्तकालय भम्रण, पुस्तकालय प्रयोगसम्बन्धी प्रवचन, कवितावाचन, चित्रकला प्रर्दशनी÷प्रतियोगिता आदि ।

ख) समाजिक सेवाः रक्तदान, सरसफाइ, वृक्षारोपण, पुस्तक दान आदि ।

ग) पुस्तकालयबाट प्रदान गर्न सकिनेः विशेष सेवा, जस्तै घुम्ती पुस्तकालय, पुस्तक प्रदर्शनी, पाठक छलफल, पुस्तकालय अध्ययन क्लव, सन्र्दभसेवा, कथा÷कविता वाचन, पुस्तकालय प्रयोगसम्बन्धी अभिमुखीकरण गोष्ठी सेमिनार आदि ।

घ)  प्रचारप्रसारका कार्यक्रमः अन्तरक्रिया÷छलफल, पत्रकार सम्मेलन, पर्चा पम्पलेट प्रकाशन, पोष्टर प्रकाशन, टोपी र टी–सर्टमा (नारा एवम् दिवस) प्रिन्ट, पुस्तिका÷पत्रिका÷लेख÷स्मारिका, सूचना प्रकाशन आदि ।

ङ) सम्मान कार्यक्रमः उत्कृष्ठ पुस्तकालय÷योगदान कर्तालाई, नियमित पुस्तकालय प्रयोगकर्तालाई आदि ।

च) कार्यक्रमः  मूल÷आयोजक समारोह समितिको गठन आदि ।

छ) प्रभातफेरि, ¥याली, मञ्च सञ्चालन आदि।

पुस्तकालय दिवस कार्यक्रमलाई सफल बनाउन निम्नलिखित समितिहरु समेत गठन गरिएको छ ः

माननीय शिक्षा मन्त्री श्री गंगालाल तुलाधरज्यूको अध्यक्षतामा मूल समारोह समितिको गठन ।

पुस्तकालय व्यवस्थापन समिति
प्रचार प्रसार समिति
आर्थिक व्यवस्थापन समिति
प्रकाशन समिति
राष्टिय तथा अन्र्तराष्ट्रिय समन्वय समिति
साहित्यिक गतिविधि समिति

 कार्यक्रमः

१. माननीय शिक्षामन्त्री  श्री गंगालाल तुलाधरज्यूवाट चौथो पुस्तकालय दिवस, २०६८ बैठकको अध्यक्षता ग्रहण
२. पुस्तकालय दिवस सम्बन्धमा प्रस्तुतीः यादवचन्द्र निरौला
३. यो वर्ष केन्द्रीय तथा जिल्ला÷गाउँस्तरमा सञ्चालन गरिने कार्यक्रमहरु
४. कार्यक्रमलाई सफल बनाउन अन्य उपसमितिहरुको गठन
५. छलफल
७ माननीय मन्त्रीज्यूबाट संबोधन
८. धन्यवाद ज्ञापन
९. स्वागत मन्तब्यः प्रकाश थापा, अध्यक्ष नेपाल पुस्तकालय संघ
१०. उद्घोषणः अशोक थापा

नेपालमा पुस्तकालय स्थापनाको २०० औं वर्ष
“समृद्ध नेपाल निर्माणका लागि पुस्तकालय”
चौथो पुस्तकालय दिवस, २०६८
मूल आयोजक समिति
काठमाडौं, नेपाल
Source:

Chisapani Community Information Centre
Chisapani, Ramechhap
Nepal

 

  1. अहिलेसम्म कुनै टिप्पणी छैन ।
  1. No trackbacks yet.

टिप्पणी छोड्नुहोस्