गृह > Community Library > चिसापानी सामुदायिक सुचना केन्द्र

चिसापानी सामुदायिक सुचना केन्द्र

3. तेस्रो एल्बम :
चिसापानी सामुदायिक सुचना केन्द्रका केहि फोटोहरु

SHIDESHOW

This slideshow requires JavaScript.

पृष्ठभूमिः(Background)

मध्यमाञ्चल विकास क्षेत्रमा पर्ने रामेछाप जिल्ला राजधानी काठमाडौंदेखि करिव २०० कि.मि. टाढा रहेको दुर्गम जिल्ला हो । जिल्ला सदरमुकामसम्म सडकले छोए पनि ग्रामीण भेगमा सडकको पहुँच अझै नपुगेकोले विकासका अन्य पूर्वाधारहरू पनि निर्माण हुन सकेका छैनन् । यस सामुदायिक सूचना केन्द्र रहेको गा.वि.स. चिसापानी अझै दुर्गम एवं भौगोलिक रूपमा पिछडिएको स्थान हो । रेडियो तथा टी.भी.बाट सामान्य खबर सुन्न र देख्न पाए पनि वास्तवमा यहाँका मानिसहरू सूचनाको पहुँचबाट वञ्चित छन् । यहाँसम्म कि, राजधानीबाट प्रकाशित पत्रपत्रिकाहरू देख्नसमेत पाउँदैनन् । विश्वमा सूचना तथा सञ्चार प्रविधिको द्रुततर विकास भइरहेको वर्तमान परिप्रेक्ष्यमा यहाँका मानिसहरू अनभिज्ञ भइरहनुपर्ने बाध्यता छ । विद्यालयको कोरा पाठ्यक्रमबाहेक अन्य सन्दर्भ सामग्री यहाँका विद्यार्थीहरूले देख्न पाएका छैनन् । यी र यस्तै खालका विविध समस्याहरूबाट पिल्सिएका यहाँका केही युवा तथा बुद्धिजीवीहरूको एउटा प्रयासस्वरूप यस्ता समस्याहरू समाधान गर्दै निर्बाधरूपमा सूचना पाउने हक उपलब्ध गराउनका खातिर सामुदायिक सूचना केन्द्र २०६४ सालमा जिल्ला प्रशासन कार्यालय रामेछापमा विधिवत दर्ता भई स्थापना भएको हो

परिचयः (Introduction)

संस्थाको नाम       :  सामुदायिक सूचना केन्द्र Community Information Center)
ठेगाना                  :      चिसापानी –५, रामेछाप
सम्पर्क फोन नं.     :      कार्यस्थलः ०४८–६९०४२५,
काठमाडौं              :     १–४२४७७६५
जि.प्र.का. द.नं.     :    ४६८/०६४/६५
स.क.प.आ. नं.      :   २३३१४/०६४/०६५

परिकल्पना(Vision)
चिसापानीवासीहरूलाई सूचनाद्वारा सुसूचित, शिक्षाद्वारा शिक्षित र सञ्चार प्रविधिद्वारा सक्षम बनाउने ।

लक्ष्य(Mission)
ग्रामीण समुदायका विपन्न, पिछडिएका एवं अशिक्षित व्यक्तिहरूलाई शिक्षा, सूचना तथा सञ्चारमा पहँुच अभिवृद्धि गर्ने ।

उद्देश्य(Objectives)

  •  ग्रामीण समुदायका महिला, बालबालिका तथा युवा वर्गको शिक्षा, सूचना र सञ्चारमा पहुँच वृद्धि गर्ने ।
  • चेतनाको स्तर न्यून भएका समुदायमा आर्थिक, सामाजिक तथा राजनीतिक चेतनास्तर वृद्धि गर्न सहयोग पुर्याउने ।
  •  सामुदायिक सूचना केन्द्र स्थापना गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने  ।
  • औपचारिक एवं अनौपचारिक शिक्षा सहयोगी केन्द्रको रूपमा काम गर्ने ।
  • बालबालिका तथा युवाको शैक्षिक र बौद्धिक विकासको निम्ति शैक्षिक सामग्रीहरू उपलब्ध गराउने ।
  • साक्षरता प्रवद्र्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • शैक्षिक विकासका लागि विभिन्न शैक्षिक कार्यक्रम, तालिम, कार्यशाला गोष्ठी आदि आयोजना गर्ने ।
  • शैक्षिक विकासका लागि हाजिरी जवाफ प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरू, विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्ने ।
  • शैक्षिक क्षेत्रको विकासका लागि अन्य कार्य गर्ने ।

लक्षित वर्ग (Target Group)
बालबालिका युवा महिला विभिन्न पेशामा लागेका व्यक्तिहरू विद्यार्थीहरू .

Source :

CIC, Chisapani

  1. अहिलेसम्म कुनै टिप्पणी छैन ।
  1. No trackbacks yet.

टिप्पणी छोड्नुहोस्