About Us

चिसापानी जनकल्याण समाजः

“सहयोग, सामाजिक न्याय र सद्दभाव   ”

विगतदेखि वर्तमानसम्म

१. पृष्ठभूमिः २०४६ सालको जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्रको विकासक्रमसँगै चिसापानी गाविसलाई विभिन्न धारमा विभाजित ग¥यो । यसको प्रभाव राजनीतिक क्षेत्रमा मात्र नपरी सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि पर्न थाल्यो । कला र सांस्कृतिक रीति–थितिको धनी गाउँमा एक–आपसमा द्वेष र प्रतिशोधले जरा गाड्न थाल्यो । समाजमा सामञ्जस्य कायम गरी एकीकृत समाज निर्माण गर्न चिसापानी गाविसबाट काठमाडौं आई अध्ययन, रोजगारी र व्यापार–व्यवसायमा संलग्न व्यक्तिहरूका युवा प्रतिनिधिहरूद्वारा काठमाडौं उपत्यकामा छरिएर रहेका चिसापानी गाविसभित्रका नागरिकमात्र सदस्य रहनेगरी ‘सहयोग, सामाजिक न्याय र सद्भाव’ भन्ने मूल नाराका साथ २०५२ साल कार्तिक ११ गते ‘चिसापानी जनकल्याण समाज’ काठमाडौं (रामेछाप) को स्थापना भयो ।

श्री प्रकाश श्रेष्ठको अध्यक्षतामा श्री अशोक श्रेष्ठ उपाध्यक्ष, श्री सुरेशकुमार श्रेष्ठ कोषाध्यक्ष, श्री गोपाल श्रेष्ठ सचिव, श्री राजेश श्रेष्ठ सहसचिव र सदस्यहरू श्री वैकुण्ठ श्रेष्ठ, श्री पवनकुमार श्रेष्ठ, श्री झनकराज ढुंगेल र श्री ऋषिराज घिमिरे रहेको संस्थापन कार्यसमिति गठन भयो । संस्थापन कार्यसमितिले २०५२ साल मंसिर २ गते पहिलो बैठक बसी आफ्नो  काम–कारबाही औपचारिक रूपमा सुरु गर्‍यो  ।

२    चिसापानी जनकल्याण समाजका उद्देश्यहरू ः

  • समाजमा रहेका विभिन्न सम्प्रदायबीच सामञ्जस्य गराई जातिपाति तथा लिंगका आधारमा गरिने भेदभावको अन्त्यका लागि पहल गर्ने ।
  •  महिला तथा निम्न वर्ग (आर्थिक दृष्टिले पिछडिएका तथा दलित जाति) हरूमा आत्मनिर्भरताको अवसर सिर्जना गरी उनीहरूलाई स्वावलम्बी बन्न सहयोग पु¥याउने ।
  •  बालबालिकालाई शिक्षाको ज्योति फैलाउन सहयोग गर्ने ।
  • स्थानीय कला र संस्कृतिलाई जोगाइराख्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।

३    चिसापानी जनकल्याण समाजले स्थापनाकालदेखि समाजको उद्देश्यअनुरूप विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छः क    रक्तदान कार्यक्रमः ‘रक्तदान जीवनदान’ भन्ने आदर्श भावनालाई ह्दयंगम गर्दै आयोजना गरिएको कार्यक्रममा २०५५-०५-२२ मा १६ जना, २०५६-०४-२२ मा ३२ जना, २०५७-०३-०३ मा ४० जना, २०५७-०९-२२ मा २५ जना, २०५८-०८-३० मा ३६ जना, २०५९-०३-३० मा २५ जना र २०६१-०६-०९ मा ४२ जना गरी जम्मा २१६ जना सहयोगी समाजसेवीले रक्तदान गर्नुभएको छ ।

ख    सम्मान कार्यक्रमः चिसापानी गाविसमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिहरूलाई समाजले २०५७ साल आश्विन २३ गते गाविसको ठूलोचौरमा आयोजित सम्मान कार्यक्रममा विभिन्न विधामा सम्मान प्रदान गरियो । –    राजतिलक श्रेष्ठ (युवा साहित्यिक प्रतिभा) –    लोचनकुमार श्रेष्ठ (सांस्कृतिक र परम्परासम्बन्धी क्षेत्रमा) –    स्व. दीर्घदास श्रेष्ठ (सांस्कृतिक र परम्परासम्बन्धी क्षेत्रमा) –    स्व. मानबहादुर श्रेष्ठ (समाज सेवा) –    धनबहादुर सार्की (घरेलु सीप)

ग    सहयोगः २०५७ वैशाख २८ गते श्री भीमेश्वर रुद्र मावि चिसापानीमा आयोजित ‘रामेछाप जिल्ला अन्तर माध्यमिक विद्यालय भलिबल प्रतियोगिता–२०५७’ लाई रु. ११६० बराबरको मेडल सहयोग प्रदान गरियो । २०६० साल आषाढमा श्री भीमेश्वर रुद्र मावि चिसापानीको कक्षाकोठा प्लास्टर गर्न सहयोग माग भएकोले ५० बोरा सिमेन्टबराबर रु. १९,१५० सहयोग प्रदान गरियो । २०६० साल आश्विनमा स्थानीय क्लब श्री सिर्जनशील युवा समाजलाई भलिबल दुईवटा, नेट एक थान, पम्प एक थान र हुस्सिल (सिठी) दुई थान सहयोग प्रदान गरियो । –ऋषिराज घिमिरे÷रबिन्द्रकुमार श्रेष्ठ

घ    भलिबल प्रतियोगिता २०६० र २०६१ सालको विजया दशमीको सुखद् उपलक्ष्यमा चिसापानी गाविसस्तरीय अन्तरवडा भलिबल प्रतियोगिता आयोजना गरियो । भलिबल प्रतियोगिता आयोजना गर्ने म्याक डोनाल्ड नेपाललगायत उपहार चिया, पशुपति बिस्कुट, चौधरी ग्रुप, पञ्चकन्या सहकारी संस्था, क्।ए।क्। भ्लतभचउचष्कभक साथै अशोक श्रेष्ठ र उत्तमकुमार श्रेष्ठको सक्रियतामा विभिन्न व्यापारिक फर्मले आर्थिक एवं जिन्सी सामग्री सहयोग गर्नुभएको थियो । भलिबल प्रतियोगितामा सुश्री पद्मा चौधरी (दाङ), गाविस सचिव श्री प्रेमबहादुर श्रेष्ठ र विश्वकुमार श्रेष्ठले निर्णायकको जिम्मेवारी वहन गर्नुभई प्रतियोगिता सफल पार्न अमूल्य सहयोग प्रदान गर्नुभएको थियो ।

ङ    सांस्कृतिक महोत्सव–२०६२ चिसापानी गाविसमा बसोबास गर्ने विभिन्न जात–जातिको लोप हुन लागेको सांस्कृतिक परम्परा जोगाइराख्न चिसापानी जनकल्याण समाजले २०६२ सालको विजया दशमीको सुखद् उपलक्ष्यमा आश्विन २७ गतेको दिन ‘चिसापानी सांस्कृतिक महोत्सव–२०६२’ आयोजना ग¥यो । उक्त सांस्कृतिक महोत्सवमा नेवार, माझी, सार्की र दमाईलगायतका जातिहरूले आ–आÇनो सांस्कृतिक झा“की प्रस्तुत गरेका थिए ।

च    वनभोज कार्यक्रमः चिसापानी जनकल्याण समाजले चिसापानी गाविसबाट काठमाडौं आई बस्नुभएका चिसापानीबासीहरूलाई समेटेर वनभोज कार्यक्रम स्थापनाकालदेखि आयोजना गर्दै आइरहेको छ । २०६२ फागुन ६ गते शनिबारका दिन यस संस्थाका उपाध्यक्ष श्री वैकुण्ठकुमार श्रेष्ठको संयोजकत्वमा गोदावरीमा आयोजित वनभोज कार्यक्रममा करिव १४० जनाको सहभागिता थियो ।

छ    श्रद्धाञ्जलि सभाः चिसापानी जनकल्याण समाजका सदस्य श्री राजेश श्रेष्ठको रोजगारीको सिलसिलामा दुबईमा रह“दा २०६१ भाद्र २८ गते असामयिक निधन भएकोले स्व. श्रेष्ठको आत्माको शान्तिको कामना गर्दै २०६१ आश्विन ९ गते काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा श्रद्धञ्जलि सभा आयोजना गरियो ।

ज    प्रकाशनः समाजले विसं. २०५६, २०५७ र २०६१ सालमा भित्तेपात्रो प्रकाशन गरेको थियो भने नववर्ष २०५८ सालको सुखद् उपलक्ष्यमा चिसापानी गाविसको संक्षिप्त चिनारीसहितको ‘चिसापानी दर्पण’ प्रकाशन गरेको थियो ।

झ    अन्तक्र्रिया कार्यक्रमः २०६२ मंसिर ११ गते चिसापानी जनकल्याण समाज स्थापनाको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा चिसापानी गाविसको विकास निर्माणस“ग सम्बन्धित रहेर आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा बिमा समितिका अध्यक्ष श्री माधवप्रसाद उपाध्यायको प्रमुुख आतिथ्यमा सम्पन्न गरियो । अन्तक्र्रिया कार्यक्रममा यातायात, स्वास्थ्य तथा खानेपानी, सञ्चार तथा आयमूलक कार्यक्रम, शिक्षा तथा संस्कृति र विद्युतलगायतका विषयमा गाविस सचिव श्री प्रेमबहादुर श्रेष्ठ, श्री हंसराज श्रेष्ठ, श्री प्रकाश श्रेष्ठ, श्री विश्वेश्वर कर्माचार्य, श्री दीपककुमार श्रेष्ठ, श्री राजकुमार श्रेष्ठ (सा“घुटार गाविस) लगायतले गाविसका समस्या’bout प्रस्तुत गर्नुभयो भने श्री ज्ञानेन्द्रकुमार श्रेष्ठ, श्री रामेश्वर कर्माचार्य, श्री भोला श्रेष्ठ, श्री सूर्यप्रसाद ढुंगेल, श्री उत्तरकुमार श्रेष्ठ (सा“घुटार गाविस) लगायतले ती समस्या समाधानका विकल्पहरू प्रस्तुत गर्नुभयो । अन्तक्र्रिया कार्यक्रममा श्री रामेश्वर कर्माचार्यलाई चिसापानी गाविसमा टेलिफोन सेवा सञ्चालनमा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेबापत र श्री उत्तरकुमार श्रेष्ठ (सा“घुटार गाविस) लाई चिसापानीमा विद्युतीकरणका लागि महत्वपूर्ण  योगदान पुर्याएबापत सम्मान गरियो ।

ञ    विविधः विसं. २०५५ साल चैतमा चिसापानी गाविसमा फैलिएको महामारी (झाडा–पखाला) नियन्त्रण गर्न औषधी पठाई सहयोग गरियो । २०५६ वैशाख १ गते ‘युवा–प्रौढ सद्भाव तथा जलपान कार्यक्रम’ आयोजना गरियो भने सोही वर्षको दीपावलीको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रमलाई रु. १०५सहयोग प्रदान गरियो । २०५७ वैशाख १ गते नववर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरियो । सोही वर्ष आश्विन ८ गते सामाजिक सेवा दिवसको उपलक्ष्यमा ‘सामाजिक सेवाको लक्षित समूह र हाम्रो दायित्व’ विषयक विचारगोष्ठी आयोजना गरियो ।

उक्त विचारगोष्ठीमा श्री रामचन्द्र भण्डारी (गेलु), श्री रामेश्वर कर्माचार्य, श्री कृष्णप्रसाद ढुंगेल, श्री शम्भुकुमार श्रेष्ठ, श्री विश्वेश्वर कर्माचार्य र श्री राजऋषि क“डेलले आ–आÇनो भनाइ राख्नुभयो । २०६० सालको विजया दशमीको उपलक्ष्यमा चिसापानी गाविसको प्राङ्गनमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो । २०६१ वैशाख १ गते शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मञ्चको कार्यालयले हल उपलब्ध गराई कार्यक्रम सञ्चालन गर्न सहयोग गरेको थियो भने ‘ब्यागपाइपर’ ले प्रायोजन गरेको थियो ।

अन्त्यमा, २०५२ कार्तिक ११ गते अनौपचारिक रूपमा स्थापना भएको चिसापानी जनकल्याण समाजले २०५५ चैत ११ गते समाजको मूल नारा ‘सहयोग, सामाजिक न्याय र सद्भाव’ स“ग सम्बन्धित दिव्यज्योतिभित्र न्यायको प्रतीक तराजु भएको लोगो निर्धारण गर्‍यो  र २०५५ कार्तिक १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी औपचारिक रूपमा काम सुरु गर्‍यो  । समाज २०५८ आश्विन १६ गते समाज कल्याण परिषदमा दर्ता भयो ।

चिसापानी जनकल्याण समाजलाई श्री विक्रम श्रेष्ठ, श्री कृष्णप्रसाद ढुंगेल, श्री मनोजकुमार श्रेष्ठ, श्री नरेशकुमार श्रेष्ठ, श्री श्यामकुमार कर्माचार्य र श्री शंकरकुमार श्रेष्ठले विभिन्न जिन्सी सामान सहयोगस्वरूप प्रदान गर्नुभएको थियो । समाजको लेखापरीक्षण कार्य श्री रामचन्द्र क“डेल (२०५६ र २०५९ सालमा), श्री शम्भुकुमार श्रेष्ठ (२०५७ र २०५८ सालमा) र श्री कृष्णप्रसाद ढुंगेल (२०६० र २०६१ सालमा) ले निःशुल्क लेखापरीक्षण गरी सहयोग गर्नुभएको छ ।

  1. अहिलेसम्म कुनै टिप्पणी छैन ।
  1. No trackbacks yet.

टिप्पणी छोड्नुहोस्